Friday, December 6Nepal News Portal
Shadow

लगानीकर्ताको मनोबल आझै त्रासमा, बजार ४४ अंक घटेर बन्द, कारोबार रकम पनि २ करोड घट्यो


 

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४४।१८ अंकले घटेर बन्द भएको छ । २९९९.६२ विन्दुबाट खुलेको बजार दिनभरीको उतारचढाप पछि १.४८ प्रतिशत घटेर २९३६।६१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । सोमबार ९ अर्ब भन्दा बढीको शेयर कारोबार भएकोमा मंगलबार २ अर्ब कमीको कारोबार भएको हो । यो दिन ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न सुझाव दिएका थिए । यो खबर सार्वजनिक भएपछि सेयर बजारमा उत्साहपूर्ण वृद्धि भएको थियो । केन्द्रीय बैंकले तत्काल नभई विस्तारै सेयर बजारलाई सहज हुने गरी नीति ल्याइने धारणा सार्वजनिक गरेको छ । यसले पनि मंगलबार लगानीकर्ताको बुझाई केही फरक पर्न गएको अनुमान गरिएको छ ।

आज २२२ वटा कम्पनीको १ करोड ५० लाख ८२ हजार कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको १० लाख ३९ हजार ६०१ कित्ता शेयर ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँमा खरिद विक्री भइको छ । यो कम्पनीको शेयर मूल्य ६०७ रुपैयाँ कायम भएको छ ।

आज पनि सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले नै वृद्धि भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ४५२.२० रुपैयाँ कायम भएको छ । त्यस्तै यूनाइडेड मार्दीको ७.७८ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य र म्युचुअल फण्ट समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ भने म्युचुअल फण्ट समूहको परिसूचक ०.५६ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक २.९९ प्रतिशतले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्