काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
लघुवित्तले जनकपुर लघुवित्त एकिकृत कारोबार समेत शुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको बताएको छ।
हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ। २५ प्रतिशतका दरले १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ।