Wednesday, September 18Nepal News Portal
Shadow

नेपालमा रहेको वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा


काठमाडौं । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा आउँने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’का अनुसार औद्योगिक क्षेत्रमा ५६ प्रतिशत लगानी भित्रिएको छ । त्यस्तै अध्ययनमा उल्लेख भएअनुसार ४३.९ प्रतिशत लगानी सेवा क्षेत्रमा रहेको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिएको अध्ययनमा उल्लेख छ । वैदेशिक लगानी मौज्दात ८.५ प्रतिशतले वृद्धि भएर १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको हो ।

२०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैयाँ र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्