काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा आइतबार सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा प्रतिकित्ता रू.१०० अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।
यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले बोनस शेयरसँगै र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ ।
सोही सभाले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा २ः१ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसमेत पारित गरेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ८ करोड २७ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम ८ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।