काठमाडौं, ३० कात्तिक (ससं) । पछिल्लो २४ घण्टमा नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ ।
आज थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।