Thursday, January 23Nepal News Portal
Shadow

तेह्रथुम पावरको आईपीओ बाँडफाँड


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार (आज) बिहान बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित बाँडफाँड कार्यक्रममा योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणका लागि बाडफाँड गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्