Sunday, April 20Nepal News Portal
Shadow

युवा उद्यमशिलता बढाउँन नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकाबीच सम्झौता


 

काठमाडौं । नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीबीच त्रिपक्षीय समझदारी भएको छ । उक्त सम्झौता शुक्रबार राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा भएको हो । सम्झौता पत्रमा नबिल बैंकको नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उदेश्यका बैंकले उक्त सम्झौता गरेको बताएको छ । समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्