Wednesday, February 12Nepal News Portal
Shadow

व्यवसायी रुक्मशमशेर राणाको निधन


काठमाडौ । व्यवसायी रुक्ममशेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शनिबार बिहान उनको निधन भएको हो। व्यवसायी राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित थिए ।

भारतका लागि पूर्वनेपाली राजदूतसमेत रहेका राणाले वि.सं.२०५० देखि वि.स. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं.२०५५ सम्म राष्ट्रिय खेलकुद परिषदको दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । राणा ओलम्पिक कमिटिका अध्यक्षसमेत थिए । उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्