काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ विन्दूमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १३.०३ अंकले बढेर ५४८.२९ विन्दूमा बन्द भएको छ ।
आज २३१ ओटा कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आज १३ ओटा समूहमध्ये १२ ओटा समूहको परिसूचक बढेको छ भने एउटा समूहको मात्र परिसूचक घटेको छ । परिसूचक घट्नेमा म्यूचुअल फण्ड समूह रहेका छन् । आज १० ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।