Wednesday, February 21Nepal News Portal
Shadow

यस्तो छ आगामी तीन दिनको मौसम


काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ । मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

आज देशभर सामान्य बदली रहने बताइएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भोलि मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Total Page Visits: 541 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्