Monday, July 22Nepal News Portal
Shadow

अधिकृतको परीक्षा स्थगित


काठमाडौं । लोकसेवा आयोगले अधिकृत तहको परीक्षा स्थगित गरेको छ । व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरिएको हो ।

लोकसेवा आयोगविरुद्ध परेको रिटमा सर्वोच्चले परीक्षा जुन अवस्थामा पुगेको छ, त्यही अनुरुप रोक्न आदेश दिएको थियो। ‘मिति २०७८।५।८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ’, आयोगको सूचनामा उल्लेख छ।

कानूनी प्रश्नको जटिलता र महत्वको आधारमा आयोग विरुद्ध परेका सबै रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्