Sunday, April 13Nepal News Portal
Shadow

मंगलबार नेप्से परिसूचक दोहोरो अंक घट्यो, ५ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार


 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । २९५०.३७ विन्दुबाट खुलेको बजार १८.५४ अंकले घटेर नेप्से परिसूचक २९२९.२९ विन्दुमा रोकिएको हो ।

२२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार कित्ता शेयर ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ३ लाख ८८ हजार १५ कित्ता शेयर २७ करोड ३ लाख ७० हजार रुपैयाँमा खरिद विक्री भएको छ ।

त्यसैगरी आज सर्वाधिक शेयर मूल्य वृद्धि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ७५५.९० रुपैयाँ कामय भएको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ७२८ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा नर्जीवन बीमा समूह रहेको छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्