Thursday, January 23Nepal News Portal
Shadow

दशैँका लागि नयाँ नोट असोज ४ देखि साटिने, कहाँ–कहाँबाट पाइन्छ ?



काठमाडौं । नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दैछ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैंकले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीको समयमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट साट्ने तयारी गरेको हो ।

विगतका वर्ष नौरथा लागेपछि मात्र नयाँ नोट वितरण गर्दै आइएको थियो । सर्वसाधारणका लागि असोज ४ देखि असोज २४ सम्म नयाँ नोट वितरण गर्न लागेको जानकारी दिँदै राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बैंक तथा वित्तीय संस्थालाई भने एक साता अगाडिबाटै नयाँ नोट दिन थालिएको बताउनुुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट पठाएको राष्ट्र बैंकले यस वर्षका लागि १० अर्ब रुपियाँ बराबरको नयाँ नोट वितरण गर्ने अनुमानसहितको तयारी गरेको छ ।

एक जनालाई १८ हजार पाँच सय रुपियाँ बराबरको ५, १०, २०, ५० र १०० रुपियाँका साथै आवश्यकताका आधारमा ५०० र १००० का नयाँ नोट पनि वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्