Friday, December 1Nepal News Portal
Shadow

मञ्जुश्री फाइनान्सको कारोबार सुरु


काठमाडौं । मञ्जुश्री फाईनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्सावजार शाखाबाट कारोबार सुरु गरेको छ ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सदस्यहरुले शाखाको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वर स्थित मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने थप ३ सहित शाखा संख्या १८ पुगेको छ ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

Total Page Visits: 400 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्