Friday, December 1Nepal News Portal
Shadow

जनगणना २०७८ : आजबाट घरपरिवारको सूचीकरण सुरु



काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित आजबाट जनगणनाको पहिलो चरण, घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुने भएको छ। १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुन लागेको हो। कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। नयाँ तालिका अनुसार आजदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ।

विभागका अनुसार तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन्। सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन्।

Total Page Visits: 849 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्