काठमाडौं। ब्रोइलर कुखुराको मासु घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार उत्पादन बढेपछि कुखुराको मासुको मूल्य सस्तिन थालेको हो । अब मासु प्रतिकिलो ३ सय ५ रुपैयाँ कायम भएको छ।
संघले जिउँदो कुखुराको मूल्य किलोको २ सय २० रुपैयाँ तोकेको छ। यसअघि मासु किलोको ३ सय २० रुपैयाँ र जिउँदो २ सय ३० रुपैयाँ थियो।