काठमाडौं। एप्पलले आइफोन १३ र आइफोन १३ मिनी सार्वजनिक गरेको छ। स्लिक फ्ल्याट एजेज डिजाइनसहित एप्पलले विभिन्न पाँच रङमा आइफोन सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार आइफोनका दुवै मोडलमा धेरै इनोभेसन र अत्याधुनिक डुअल क्यामेरा प्रणाली जोडिएको छ। ठूलो पिक्सेल तथा सेन्सर – सिफ्ट अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) वाइड क्यामेरा नयाँ फोनमा राखिएको कम्पनीले जनाएको छ। जसका कारण कम प्रकाशमा पनि फोटो र भिडियो खिच्दा राम्रो गुणस्तरको आउने दाबी कम्पनीको छ।
आइफोन १३ र १३ मिनीमा ए १५ बायोनिक रहेकाले लामो ब्याट्री आयु, सुपर रेटिना एक्सडीआर डिस्प्ले, आइपी ६८ वाटर रेसिस्टेन्टका साथै फाइभ-जी अनुभव लिन सकिने एप्पलले जनाएको छ।
दुवै मोडलमा ए १५ बायोनिकका कारण सिनेम्याटिक मोडबाट डोल्बी भिजन एचडीआर रेकर्ड गर्न सकिने छ। दुवै फोनले ६० एफपीएससम्मको फोरके क्वालिटी खिच्ने, एडिट गर्नेदेखि सेयरिङ गर्न सक्ने बताइएको छ।