Sunday, March 16Nepal News Portal
Shadow

विदेशबाट दसैँमा घर आउँदा कुन सामान कति ल्याउन पाइन्छ?


काठमाडौं । कोरोना संक्रमणका कारण उपत्यकामा भएको निषेधाज्ञा हटेसँगै विदेशबाट घर (नेपाल) आउँनेको संख्या बढ्दो रहेको छ ।

अहिले काठमाडौंलाई आधार बनाएर उडान गर्दै आएका हवाई कम्पनीहरूले पनि उडान संख्या बढाएका छन्। उडान संख्या बढ्नुको प्रमुख कारण नै यात्रुको संख्या बढ्नु हो।

विदेशबाट नेपाल फर्कनेले केही समान भन्सार छुटमा ल्याउन पाउने छन्। केही सामान भन्सार तिरेर ल्याउन पाउने छ भने काँचो सुन भन्सार तिरेर पनि ल्याउन पाइँदैन।

विदेशबाट कस्ता कस्ता कुरा ल्याउन पाइन्छ ?

१ व्यक्तिगत रुपममा प्रयोग गरिएको लुगाफाटा, बरबिछ्यौना र घर गृहस्थीका पुराना सामान

२ शारीरिक रुपमा अशक्तहरूले प्रयोग गर्ने वा सहाराको रुपमा प्रयोग गर्ने सामान

३ सुनको गहना ५० ग्रामसम्म

४ चाँदीको गहना पाँँच सय ग्रामसम्म

५ ट्यावलेट वा ल्यापटप वा डेक्सटप कम्युटर, घटी, क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन र पेनड्राइभ

६ एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याइएको गहना गुरिया

७ बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान

८ पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक एक थान

९ सात किलोग्रामसम्म खाद्य परिकार

१० मदिरा एक लिटरसम्मको बोतल एक

भन्सार महसुल तिरी थप ल्याउन पाउने सामान

१ टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेसिन, पङ्खा, रेडियो, एक एक सेट

२ शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान

३ घरायसी प्रयोगका सामान्य किसिमका उपकरण दश किलोग्रामसम्म खाद्य परिकार

४ व्यवसायिक पेशामा लागेका डाक्टर, इन्जिनियर जस्ता यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई दुई थान

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्