काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने सूचना जारी गरेको हो । बजारमा तरलताको अधिक अभाव देखिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न सो उपकरण प्रयोग गर्ने गरेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाएर तरलताको समस्या व्यवस्थापन गर्न लागेको हो ।
राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी सूचना निकालेको हो । रिपोमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था भाग दिन पाउने छन् । बोलकबोलबाट व्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो जारी गरेको थियो। राष्ट्र बैकका अनुसार अहिले बैंकिङ क्षेत्रमा २५ अर्ब रुपैयाँ अधिक तरलता छ ।