Monday, February 10Nepal News Portal
Shadow

१२ जिल्लाका सीडीयो फेरिए


काठमाडौं । गृहमन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओको) सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । मोरङका सीडीओ कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् । दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा ठापइएको छ ।

हेर्नुहोस् विवरण

No description available.

No description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्