काठमाडौं, ३१ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ विन्दुमा रोकिएको हो । यो दिन २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
यो साताको २ कारोबार दिन बढेको शेयर बजार ३ कारोबार दिन भने घटेको छ । आइतबार र सोमबार लागातार बढेको बजार मंगलबार, बुधबार र बिहीबार भने घटेको छ ।
आज कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको शेयर मूल्य ८.१७ प्रतिशतले घटेर ९५५ रुपैयाँ कायम भएको छ । त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको पनि ७.१८ प्रतिशतले घटेको छ । यो कम्पनीको शेयर मूल्य ५६९ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ८९९ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।