काठमाडौं,२ मंसिर (ससं) । उपत्यकाका नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेकोले यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो ।
जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो ।