Monday, November 27Nepal News Portal
Shadow

इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय


काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हुन् ।

इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको स्रोतको दाबी रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य बढाउने निर्णय गरेका हुन्।

Total Page Visits: 388 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्