Thursday, December 7Nepal News Portal
Shadow

विकास हाइड्रोपावरको आईपीओ विक्री प्रवन्धकमा प्रभु क्यापिटल



काठमाडौं । विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाइ विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार आयोजित कार्यक्रममा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे र प्रभु क्यापिटल ललिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४ दशमलव ५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको उक्त कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

Total Page Visits: 578 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्