Tuesday, June 18Nepal News Portal
Shadow

सुनको मूल्यमा १ हजार ४ सयले गिरावट, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा बिहीवार (आज) पनि सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १४ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ६५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलामा १ हजार १७० कायम भएको छ ।

Total Page Visits: 578 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्