Wednesday, December 6Nepal News Portal
Shadow

गणपति लघुवित्तको थप तीन वटा नयाँ शाखा विस्तार


काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु विस्तार भएका छन् । वित्तीय संस्थाले प्रदेश नं. ०१ अन्तर्गत मोरङ्ग जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु असोज १ गते (आज) बाट संचालनमा ल्याएको हो ।

२०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको शाखा संख्या ४३ पुगेको छ । साथै संस्थाले निकट भविष्यमा थप ४ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ ।

Total Page Visits: 940 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्