Wednesday, December 6Nepal News Portal
Shadow

सजिलो पेबाट मोबाइल टपअप गर्दा ४ प्रतिशत क्यासब्याक पाइने, कहिले सम्म लागु हुन्छ ?


काठमाडौं। भुक्तानी सेवा प्रदायक सजिलो पेले दसैं, तिहार र छठ जस्ता चाडपर्वलाई मधयनजर गर्दै मोबाइल टपअपमा छुट अफर ल्याएको छ। अफर अन्तर्गत सजिलो पे प्रयोगकर्ताहरुले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको नम्बरमा टपअप गर्दा ४ प्रतिशत क्यासब्याक दिने जनाएको हो।

यो अफर बिहीबारदेखि लागू हुने गरी एक महिनासम्म चल्ने बताइएको छ। केवाइसी प्रमाणित गर्ने नगर्ने दुवै ग्राहकहरुका लागि यो अफर लागू हुने कम्पनीले जनाएको छ।

यो अफर सजिलो पेका ग्राहकहरुका लागि मात्रै लागू हुनेछ भने एजेन्टहरुका लागि कुनै पनि अफर सार्वजनिक नगरिएको बताइएको छ। सजिलो पेले देशका दुर्गम एवम् ग्रामीण क्षेत्रहरुमा डिजिटल भुक्तानीलाई विस्तार गर्दै पिछडिएका नागरिकहरुलाई डिजिटल भुक्तानी प्रविधिमैत्री बनाउँदै सरकारको डिजिटल नेपाल अवधारणामा टेवा पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

सजिलो पेमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, विदेशबाट रेमिटेन्स, डेबिट तथा क्रेडिट कार्ड र आफ्नो बैंक खातालाई सिधै सजिलो पेको खातासँग लिङ गरेर पैसा लोड गर्न सकिने कम्पनीले जनाएको छ।

सजिलो पेबाट खानेपानी, विद्युत, इन्टरनेट, नागरिक लगानी कोष, कर कार्यालय, ट्राफिक जरिवाना, लोकसेवा, राहदानीलगायतका शुल्कहरु तिर्न सकिने बताइएको छ।

 

Total Page Visits: 883 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्