काठमाडौं । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरीलगायतको शुक्रबार बसेको बैठकले असोज १० गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम टिकट बुकिङ खुलाउँदै आएको भएपनि गत वर्ष खुलाएको थिएन । यो वर्ष भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो ।
सामान्य अवस्थामा दसैं तिहारभन्दा अघिको केही सातामा झण्डै २५ लाख यात्रु ओहोरदोहोर गर्ने भए पनि सङ्क्रमणका कारण त्यो सङ्ख्या यति हुन्छ भन्ने यकिन छैन ।