Wednesday, September 18Nepal News Portal
Shadow

नेपाल उद्योग परिसंघको पर्यटन समिति गठन


काठमाडौं । नेपाल उद्योग परिसंघको पर्यटन समिति गठन भएको छ । परिसंघले गठन गरेका उक्त समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहेका छन् ।

परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा माग राखेको छ ।

परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न माग राखेको हो ।

पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्दै उनले परिसंघले त्यसको नेतृत्व लिने उनले बताएका छन् ।

बैठकमा भर्चुअलरुपमा सहभागी भएका समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरेका छन् । यस्तै बैठकमा उपस्थित समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिएका छन् । उनीहरुले कोभिडबाट जोगिन तल्लो तहसम्म जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्