Sunday, September 8Nepal News Portal
Shadow

लाइसेन्सको नयाँ फारम अर्को सातादेखि


काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना भाइरसको संक्रमण बढेसँगै रोकेको सवारी चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ फारम खोल्ने भएको छ। विभागले विषेधाज्ञा सुरु भएसँगै बैशाख १६ देखि रोकिएको लाइसेन्सको नयाँ फारम आगामी सातादेखि खोल्ने भएको हो।

कोरोना संक्रमण बढेसँगै जारी निशेधाज्ञाका कारण रोकिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सक्ने गरि कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने मापदण्डमा भनिएको छ।

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्