Friday, July 12Nepal News Portal
Shadow

तस्करी नरोकिदा बिँडी उद्योग संकटमा


काठमाडौं । सरकारले आर्थिक ऐन मार्फत सुर्तिजन्य पदार्थमा कर बढाएपछि यसको प्रत्यक्ष मारमा बिँडी उद्योगहरु परेका छन् । महँगा चुरोट र अत्यन्तै सस्ता बिँडीमा पनि एउटैदरमा कर लगाउँदा बिँडी उद्योगहरु चल्नै नसक्ने अवस्थामा पुगेको ती उद्योग सञ्चालकहरुको गुनासो रहेको छ ।
नेपालमा विशेषगरि बारा जिल्लामा ठुलो संखयामा बिँडी उद्योगहरु सञ्चालनमा छन् । तयहाँका उद्योगहरु प्रतिस्पर्धात्मक बजारमा आफू टिक्न नसक्ने निश्कर्षमा पुगेको बिँडी उद्योगीले बताएका छन् ।

एकातिर मुलुक भित्रको बढेको करले समस्यामा परेका बिँडी उद्योगीहरुभारतबाट हुने चोरी, तस्करी बढेपछि अझ ठुलो मारमा परेका छन् । वर्षौंदेखि बिँडी उद्योग सञ्चालन गर्दै आएका बाराका बिँडी व्यवसायीहको बजार भने सुदूरपश्चिम प्रदेशका जिल्लाहरु हुन् । तर, त्यतिका सीमा नाकाबाट अवैध बिँडी भित्रिने क्रम बढेसँगै उनीहरु ठुलो मारमा परेको गुनासो गरिरहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्