काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४७८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा १२५१ जना र एन्टिजन परिक्षण गर्दा २२७ जना गरि जम्मा १४७८ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६३० जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ रहेको छ ।