Sunday, February 16Nepal News Portal
Shadow

इसेवाबाट सवारीसाधनको कर तिर्ने सेवा सुरु


काठमाडौं । बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको छ । योसँगै अब सवारी साधनको कर तिर्नेदेखि सवारी दर्ता, नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको हो।

अब सवारी धनीहरुले यातायात कार्यालयमा लामो लाइन लागेर कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ। दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठूला तथा हेभी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिने कम्पनीको भनाई रहेको छ ।

इसेवा खाता भएका प्रयोगकर्ताहरुले मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरणको काम गर्न सक्नेछन्। इसेवा खाता नभएका ग्राहकहरुको हकमा भने नजिककैको इसेवा जोन तथा पोइन्टमा गएर सेवा लिन सकिने कम्पनीले जनाएको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्