काठमाडौं। नेपाल मदिरा उत्पादक संघको ९औँ साधारणसभामा नयाँ कार्यसमिति चयन भएको छ । संघको अध्यक्षमा बैजुप्रसाद बाबरा चयन भएका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती, सचिवमा रुणकुमार शााह चयन भएका छन् भने सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन्।
संघको गत आइतबार साधारणसभा भएको थियो। यसअघि अध्यक्षमा रवि केसी थिए।