Friday, July 12Nepal News Portal
Shadow

नेप्सेमा झिनो अंकको बृद्धि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबार दिन आज झिनो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक २.७० अंकले बढेर २ हजार ८१९.६६ विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेको छ ।

आज २२८ ओटा कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको खरिद विक्रि भएको छ । १३ ओटा समूहमध्ये २ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी रहेका ११ ओटा समूहको परिसूचक घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ३४ करोड भन्दा बढीको कारोबार भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्