Thursday, January 23Nepal News Portal
Shadow

सुनको मूल्य घट्यो


काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्