Sunday, March 16Nepal News Portal
Shadow

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बस्ने भएको हो ।

बैठकमा हिजो समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम आज हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

असोज ८ गतेदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो ।

बैठकमा अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो । जबजको मार्ग निर्देशनमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र त्यसलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई अगाडि बढाउनुपर्छ भन्ने सुझाव आएको भट्टराईले बताए ।

त्यस्तै एउटै कम्युनिष्ट पार्टी बनाउने कार्यदिशालाई पनि एमालेले अगाडि बढाउनुपर्ने सुझाव आएको उनले बताए

भट्राइले पार्टीलाई समावेशी र राष्ट्रिय चरित्रको बनाउनुपर्ने सुझाव आएको पनि जानकारी दिए । आउँदो निर्वाचनमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरि सम्पूर्ण शक्तिसाथ अगाडि बढ्नु्पर्ने, उपाध्यक्षहरु प्रादेशिक ढंगले सहज हुने गरि ७ जना राख्नुपर्ने लगायतका सुझाव आएको पनि उनले जानकारी दिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्