काठमाडौं । मुत्तिनाथ मन्दिर आजदेखि खुल्ने भएको छ । लामोसमयदेखि बन्द रहेको मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुल्ने भएको हो ।
गत वैशाखदेखि मुक्तिनाथ मन्दिरमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजा गर्न रोक लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार स्थानीयको सुझाव एवं जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि मन्दिर खुलाउने निर्णय गरेको हो ।
उक्त बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको जनाइएको छ ।