Wednesday, February 21Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ८५० रहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार १६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

Total Page Visits: 418 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्