काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबार दिन आज सोमबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ७३.५ अंकले घटेर दुई हजार ६ ८५ . ४२ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज २२७ ओटा कम्पनीको ५ अर्ब १२ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको छ ।