Saturday, January 25Nepal News Portal
Shadow

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने


काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७र७८ मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । असोज ११ को संचालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

यस बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा पारित भएपछि बैंकले लाभांश बितरणका लागि अनुमति प्राप्त गर्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्ष १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्