काठमाडौं । लगातार ओरोलो लागेको शेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार पनि घटेर बन्द भएको छ ।
सोमबार ७३.०५ अंकले घटेको बजार मंगलबार ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा रोकिएको छ ।
२१८ कम्पनीको १ करोड ३० हजार ३४ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर १ हजार ७५३ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर मूल्य घट्नेमा हिमालयन पावर कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, गोर्खाज फाइनान्सलगायत रहेका छन् । हिमालयन पावर र नेपाल हाइड्रोको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने बाँकी ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री कुमारी बैंक लिमिटेडको भएको छ । यो कम्पनीको १८ करोड ८२ लाख २७ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३०३ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ७.३७ प्रतिशतले घटेको छ ।