काठमाडौं। ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ । हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजना अन्तर्गत सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
बैंकले बाख्रापालनका लागि १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिनेछ।
सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ ९संशोधन सहित० अन्तर्गत गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, किसान, फर्म तथा कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ।