काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य मुलुकको आजको विनिमयदर हेर्नुहोस्