Thursday, February 29Nepal News Portal
Shadow

कोरोना भाइरसका कारण सप्तरीमा एक महिलाको मृत्यु


काठमाडौं, ५ मंसिर (ससं) । सप्तरीको बोदे बर्साइन नगरपालिका ३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो।

निमोनियासम्बन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी ज्येष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

 

Total Page Visits: 713 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्