Sunday, February 16Nepal News Portal
Shadow

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै



काठमाडौं । आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि अहिले सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको पाइएको छ ।

नेपालमा बर्सेनि ३० हजार व्यक्तिको मुटु रोगका कारण मृत्यु हुने गरेको मुटु रोग विषेशज्ञ डा. भगवान कोरालाले बताए । डा. कोइरालाका अनुसार उच्च रक्तचापका कारण युवावस्थामै हृदयघातको समस्या देखिन थालेको छ । स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ को तथ्यांक अनुसार २३.४ पुरुषमा र १६.८ प्रतिशत महिलामा हृदयघातका समस्या देखिने गरेको छ । नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिसलाई उच्च कोलस्टेरोलको समस्या छ भने १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको डा. कोइरालाले बताए ।

धूमपान तथा मद्यपान, उच्च रक्तचाप, मधुमेह, मोटोपन, कम व्यायाम, धेरै तनाव, फलपूल नखाने बानी त्याग्न सके यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यसका साथै तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने पनि मुटु रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्