Wednesday, March 19Nepal News Portal
Shadow

नेप्से परिसूचक ५० अंकले बढ्यो



काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५०.५८ अंकले बढेर बन्द भएको छ । साताको सुरुवातिदेखि नै लगातार उच्च अंकले ओरालो लागेको शेयर बजार बुधबार भने १.९३ प्रतिशतले वृद्धि भएर २६६५.९३ विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले वृद्धि भएर ५०३.४६ विन्दुमा पुगेको छ ।

त्यस्तै २२९ कम्पनीको ९८ लाख ९४ हजार कित्ता शेयर ५ अर्ब २ करोड ८५ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ४.८७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी जलविद्युत समूहको परिसूचक पनि ४.२२ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अपि पावर कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको २२ करोड ६७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य पनि आज १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी १० प्रतिशतले शेयर मूल्य हुनेमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य ३५ रुपैयाँले वृद्धि भएर ३८९.४० रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्