Saturday, July 13Nepal News Portal
Shadow

निम्बसले सुरु गर्यो किरा लाग्न नदिने नो–किरा बोराको उत्पादन


काठमाडौं । निम्बस कम्पनीले किरा लाग्न नदिन बोराको उत्पादन सुरु गरेको छ । कम्पनीले यसको बजार परीक्षणमा रहेको जनाएको छ । भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको हो ।

अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो। साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीको दावी रहेको छ ।

नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ। यस झोलाको हरेक रेसामा रहेको किटनाशकले किरा लाग्नबाट जोगाउछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ। यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो। यसलाई कोडेक्स, अमेरिका र यूरोपियन यूनियनले खाद्य सुरक्षा भित्र वर्गीकृत गरेको छ ।

यो झोला चाडैं नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्