काठमाडौं चितवनमा रहेको भरतपुर अस्पतालले एक वर्षमा अढाई करोड रुपैयाँ भन्दा बढीको निशुल्क उपचार गरेको छ । विपन्न नागरिकको उपचार, सामाजिक सेवा तथा गरिब परिवारलाई निःशुल्क उपचार कार्यक्रम अन्तर्गत २ करोड ६६ लाख ९२ हजार ९१४ रुपैयाँ बराबरको उपचार गरेको हो । अस्पतालमा १ हजार ७५१ जनाले सेवा लिएका थिए ।
अस्पतालले सामाजिक सेवा इकाईबाट साउन र भदौ महिनामा उपचारबापत २७ लाख ७१ हजार ९०१ रुपैयाँ खर्च गरेको हो । जसमा ११५६ जना नागरिकले सेवा लिएका थिए । पुरुष ५५२ र महिला ६०२ जना रहेका थिए ।
त्यसैगरी गरीब तथा विपन्न परिवारको आकस्मिक उपचार खर्चमा ४११ जनालाई १२ लाख ४६ हजार ११३ रुपैयाँ बराबरको सेवा प्रदान गरेको छ भने
एक वर्षको अन्तरालमा स्पाइनल इन्जुरीका २६ बिरामीले सेवा लिएका थिए । जस अन्तर्गत ८ लाख २९ हजार ९०० रुपैयाँ बराबरको सेवा लिएका थिए । १५८ जनाको पनि डायलासिस गरिएको थियो । २ करोड १८ लाख ४५ हजार रुपैयाँ बराबरको सेवा लिएका हुन् ।