Sunday, April 13Nepal News Portal
Shadow

“प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता सम्मानित



काठमाडौं। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले सम्मानित गरेको हो ।

उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याउनु भएको उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरिएको हो ।
गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष समेत हुन ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्